न्युजिल्यान्डले आज ९नोभेम्बर ७०देखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू गरेको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा जनाइए अनुसार अब, त्यहाँ लक्षित समूहका मानिसहरूले इच्छा मृत्यु रोज्न पाउने छन् ।

१८ वर्ष उमेर पुगेको र निको नहुने रोग लागेर केही महिना मात्रै बाँच्न सक्ने अवस्थामा पुगेको मान्छेले मात्रै इच्छा मृत्यु गर्न सक्ने छ । यसका लागि कम्तीमा २ जना डाक्टरको सिफारिस भएको हुनुपर्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्युजिल्यान्डमा गत अक्टोबरमा यो कानुन पास गर्नका लागि भएको जनमत सङ्ग्रहमा ६५।१ प्रतिशत मानिस यो कानुनको पक्षमा रहेका थिए ।

नेदरल्यान्ड, स्पेन, क्यानडा, बेल्जीयम, कोलम्बिया, लक्जमबर्गलगायतका केही अन्य देशमा पनि इच्छा मृत्यु कानुन रहेको छ। न्युजिल्यान्डले पनि इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।