नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह ठगी आरोपमा पक्राउ परेका छन् ।

विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि गत बुधबार शाह पक्राउ परेका थिए । उनलाई उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले जापान पठाइदिने भन्दै १० लाख र अमेरिकाका लागि २० लाख लाग्ने पैसा उठाएको प्रहरीमा उजुरी परेको थियो ।

शाहले अहिलेसम्म १ करोड ९७ लाख ठगी गरेको पत्ता लागेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनले आफ्नै गृहजिल्ला सल्यानका युवतीबाट रकम उठाएको खुलेको छ ।