सिराहाको पश्चिमी कल्याणपुर नगरपालिका ११ मा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बालिका बलात्कारको आरोपमा पूर्वी धनुषाको कमला नगरपालिका ६ सिंयाहीमडानका करिब २० वर्षीय शेष कुमार महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि मंगलबार सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले बताए ।

कमला नदी वारी पर्ने जब्दी गाउँमा रहेका आफन्तकोमा आएका बेला सोमबार साँझ आरोपी महतोले चार वर्षीया बालिकालाई आँपको बगैंचामा पु¥याएर बलात्कार गरेको आधा घण्टाभित्रै प्रहरीले जब्दी गाउँको मिलन चोकबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले उल्लेख गरे । आरोपी महतोलाई मिर्चैयास्थित इलाका प्रही कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah