बलिउडका चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । कुमार सानु नेपाल आएर सांगीतिक कार्यक्रममा सहभागी हुने भएका हुन् ।

यही कार्तिक २७ गते जनकपुरधाममा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ हुँदैछ । जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा कुमार सानुले आफ्नो प्रस्तुति दिने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा भारतीय गायक कुमार सानुलाई नेपाली गायक÷गायिका सुगम पोखरेल, पूजा ठकुरी र रोशन पराजुलीले साथ दिनेछन् ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’मा सहभागिता जनाउन सर्वसाधारणले ५ हजार र ३ हजारको टिकट काट्नु पर्ने छ ।