इटहरी उपमहानगरपालीका ९ मा रहेको अग्रवार परिवारमा सोमबार दिउसो रुवाबासि चलिरहेको थियो । छर छिमेक तथा आफन्तहरु मात्रै हैन मलामि पनि जम्मा भए ।

प्रेसर हाई भएर उपचार गर्न लगिएका बिनोद अग्रवालको अस्पताल लगेको भोलीपल्टै निधन भएको खबरले गाँउ नै शोकमा डुबेको थियो । एकपछि अर्को गर्दै करिब डेढ सय भन्दा बढी मलामि जम्मा भईसकेका थिए ।

अचानक त्यो भिडमा एकजनाले कराउदै भने, हैन मान्छे त जिउदै छ । सबै अचम्मित भए ,एकअर्कालाई मुखामुख गदै भने हैन अस्पतालले मृत घोषित गरेको चार घण्टा पछि कसरी जिवितै हुन्छ ?

तर नाडि छामियो ,उनको नाडिमा चाल थियो । लगत्तै शोक खुसिमा बदलियो । तत्काल अक्सिजन मगाएर लगाईयो र एम्बुलेन्समा हालेर पुन भारतको सिलगढी तर्फ उपचारका लागी लगियो ।

आइतवार प्रेसर हाइका कारण अचानक बिरामि परेका बिनोद अग्रवाललाई आइतवार नोवेल शिक्षण अस्पताल विराटनगरमा लगेर भनाई गरिएको थियो ।

दिउँसो मात्रै अस्पतालले उनलाई मृत घोषित गरेको भन्दै परिवारले घर ल्याएको थियो । छिमेकी भन्छन् अस्पतालले मृत घोषणा गरेपछि घर ल्याएको भन्दै अग्रवाल परिवारले मलामि बोलाएका थिए ।

सुगर तथा उच्च रक्तचापका बिरामि बिनोद अग्रवाल असार २५ गते आईतवार अचानक बिरामि परे । उनलाई तत्काल विराटनगरको नोवेल शिक्षण अस्पताल पुर्याईयो । उनलाई भेन्टिलेटरमा राखेर उपचार राईएको थियो ।

तर उपचारका क्रममा सोमबार दिउँसो अस्पतालले उनको मृत्यु भएको भनेपछि घर ल्याईएको पारिवारीक श्रोतले बतायो ।
यसबारे हामिले नोवेल अस्पतालसँग बुझ्ने प्रयास गर्यो , करिब चार घण्टाको हाम्रो प्रयास अन्तत सफल त भयो तर अस्पतालका हेल्थ एसिस्टेन्ट सरोज ढुघ्गेलले भने बिनोद अग्रवाललाई अस्पतालले मृत घोषित नगरेको र उनका आफन्तले आफ्नै रिक्समा घर लगेको बताए ।

थप जानकारी लिन खोज्दा उनले सिरियस बिरामि परिवारले जबरजस्ती आफ्नै रिक्समा लैजान्छु भनेर लिएर गए हस्पििटलसँग कुनै कागजपत्र नहुने बताउदै भने यसबारे डिटेलमा बताउन मिल्दैन हाम्रो काममा दखल नदिनुस् ।

उनले थपे सम्बन्धीत पक्षले तपाईका थप प्रश्नको जवाफ दिने छ , तपाईलाई हामि सम्पर्क दिन मिल्दैन , यताबाट हामि आफै कुरा गराईदिन्छौ , त्यसका लागी कति समय लाग्छ त्यो भन्न सकिदैन । तर त्यसपछि सम्पर्क गर्दा उनीसँग पनि सम्पर्क हुन सकेन ।

अस्पतालले बिनोदलाई मृत घोषित नगरेको दाबी गरेपनि जब मलामि जम्मा भईसकेपछि उनी जिवितै रहेको थाहा भयो त्यसलगत्तै अस्पतालमा जानकारी भएको र केहिसमयपछि नोवेल अस्पतालबाट चिकित्सकको एक टोलि नै ईटहरीस्थित अग्रवालको घर आएको स्रोतले बतायो ।

यदि उपचारमा संलग्न डाक्टरले बिरामिको अवस्था नाजुक छ भन्दा परिवारले आफै जबरजस्ती रिक्स मोलेर लगेको भए मृत्यु भएको भनेको चार घण्टामा जिवित रहेको थाहा पाएपछि किन नोबेलका डाक्टर उनको घरमा पुगे त ? यो प्रश्न रहस्यमय नै छ । मिरेमिरेबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah