अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको अलजजिरामा समाचार छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तिमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको समाचारमा उल्लेख छ। सो प्रतिबन्ध १२ वर्षभन्दा माथिकालाई लगाइएको हो। अब १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन्। उनीहरूले खाद्यान्न किन्न र खोपका लागि खोप केन्द्रसम्म जान भने पाउने बताइएको छ।

पछिल्लो समय अस्ट्रियामा कोरोना संक्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। यदि कसैले अटेरी गरे १ हजार ६६० अमेरिकी डलरसम्म जरिवाना गरिने अस्ट्रिया सरकारले जनाएको छ।