काठमाडौं - रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो।

उनिहरुलाई कसैले विष खुवाएर हत्या गरेको परिवारको दाबि छ। दुई बालकलाई उपचारका लागि गरुडा लगिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालकका परिवारले रिसिबीका कारण गाउलेले विष खुवाएर हत्या गरेको आरोप लगाएकाले घट्ना शंकास्पद लागेर प्रहरीले अनुसन्धान गरिरहेको घिमिरेले बताए। उनका अनुसार दुई बालकको पोष्टमार्टमको रिर्पोट भने आउन बाँकी छ। परिवारले मुसा मार्ने विषादी खुवाएर हत्या गरेको आरोप लगाएका छन्।