पोखरा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्द तनहुँका नागरिक समाजले बिथोलेका छन् । उनीहरूले बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेका हुन् ।

मंगलबार बिहानै स्थानीय युवा र नागरिक समाजका प्रतिनिधिहरूले राष्ट्रिय झन्डा सहित र्‍याली निकाले । बन्द गराउँदै हिँडेका ११ बन्द कर्तालाई प्रहरीले बिहानै पक्राउ गरेको थियो । र्‍यालीपछि दमौली बजार खुल्न थालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाडीहरू समेत चल्न थालेका छन् । र्‍यालीसहित उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । र्‍यालीमा १ सय भन्दा बढी युवाहरू सहभागी थिए ।