बलिउड अभिनेता राजकुमार राव र पत्रलेखाले दश वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा बदलेका छन्। हरियाणाका रावले पञ्जाबको चण्डीगढमा १४ नोभेम्बरमा प्रेमिका पत्रलेखासँग द ओबराय रिसोर्टमा सात फेरा लिएका थिए।

उनीहरुले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेसँगै शुभकामनाको ओइरो लागेको छ। विवाहमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर पुगेपछि उनको विवाह अझै खास भयो। बिहेमा बलिउडका चर्चित कलाकारको भने खासै उपस्थिति थिएन। राजकुमार राव र पत्रलेखाले सिएम खट्टरसँग खिचेको फोटो इन्स्टाग्राममा सेयर गरेका छन्।

दुवैले नोभेम्बर १३ मा यसै होटलमा इन्गेजमेन्ट गरेका थिए। दुवैले सन् २०१४ मा सिटीलाइट्स फिल्ममा अभिनय गरेका थिए। पत्रलेखा मेघालयको राजधानी शिलोङकी हुन्।

उनी सामान्य परिवारबाट संघर्ष गर्दै बलिउड नगर पुगेकी थिइन्। असमको एक बोर्डिङ स्कुलमा पढाइ सुरु गरेकी पत्रलेखाले उच्चशिक्षा बैंगोलरबाट गरेकी थिइन्। बलिउडमा आउनु अगाडि उनले ब्ल्याकबेरी, टाटा डोकोमो लगायत कैयौं विज्ञापनमा अभिनय गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah