बुद्ध एयरले चार वटा अत्याधुनिक जहाज थप्ने तयारी गरेको छ।

दुर्गमलाई सुगम र सहज बनाउन सन् २०२३ को सुरुवातदेखि अत्याधुनिक जहाज थप्ने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसक्रममा प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत द्वीअटर विमान निर्माता कम्पनी वाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोब मोराच्रसँग ‘दुवई एयर सो’ मा भेटवार्ता गरेका छन्।

सुरुमा पूर्वमा रामेछाप मन्थली, पश्चिमतर्फ पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर चार वटा नयाँ एयरक्राफ्टबाट उडान भर्ने योजना बनाइएको एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

त्यस्तै सन् २०२४ मा दुई जहाज थप्ने कम्पनीको योजना छ। सन् २०२५ र २०२६ मा क्रमशः २÷२ जहाज थप्ने योजना रहेको सूचना अधिकारी कर्णले जानकारी दिए।