७ कात्तिक, विराटनगर । मोरङ मिक्लाजुङका सुभाष राई (नयन) उमेरले ३५ वर्ष पुगे । घरको जेठो छोरो राईको जिम्मेवारी परिवार पाल्नुपर्ने हो । तर शरीरमा पलाएको ट्युमरका कारण उनी आफैं अशक्त छन् ।

मिक्लाजुङ गाउँपालिका –  ५ का राईको परिवारमा तीन जना छन् । बुवा बोल्न सक्दैनन् । सुभाष र उनका भाइ केवल दुवै रोगी छन् । दाजु-भाइको समस्या उस्तै छ । शरीरमा मासुका डल्ला बढेर झोल्लिएका छन् ।

विपन्न परिवारका सुभाषको घाँटी, काँध र हातमा ट्युमर पलाएको छ । उनका भाइ ३० वर्षीय केवलको शरीरमा पनि ट्युमर छ । केवलको टाउको र हातमा ट्युमर बढिरहेको छ ।

यो समस्याबाट भाइ केवलको तुलनामा दाइ सुभाष बढी पीडित छन् । ट्युमरका कारण सुभाषलाई हिँडडुल गर्नै मुस्किल पर्छ । केही वर्षअघिसम्म घाँस दाउरा गर्ने उनी यही रोगका कारण थलिएका छन् । ढाडमा अस्वाभाविक रुपमा बढेको ट्युमर पाकेर र्झन थालेको छ ।

 

केवल र सुभाष सानै छँदा उनकी आमा सुकमायाको मृत्यु भयो । विकट क्षेत्रमा बुवासँगै बसेका उनीहरूले पढ्न पाएनन् । शारीरिक अवस्थाका कारण गुजारा गर्नै मुस्किल परेको छ । ‘परिवारका तीन जना सदस्य खाना खानका लागि तीन तिर जान्छन्,’ छिमेकी शंकर बजगाईले भने, ‘उपचार नपाएका कारण बिजोग छ ।’

बजगाईका अनुसार रोगले थलिएको राईको घरमा चुल्हो बल्न छोडेको छ । ३० वर्षीय केवल फूपुको घरमा खाना खान जान्छन् । बुवा ५४ वर्षीय पदमबहादुर एउटा छिमेकी र सुभाष अर्का छिमेकीकोमा गएर बिहान-बेलुकाको भोक टार्छन् ।

केवलको शरीरमा पनि अस्वाभाविक रुपमा मासुका डल्लाहरू छन् । ती बढीरहेको केवलले बताए । ‘पहिले त साना-साना थिए, उमेरसँगै बढिरहेको छ,’ केवलले भने, ‘हात चलाउँदा दुख्छ ।’ खर्च नहुँदा दाजु-भाइले नै उपचार गर्न नपाएको गुनासो उनी गर्छन् ।

उपचार गर्न काठमाडौं ल्याइयो

छिमेकी बजगाईले उनीहरू विपन्न परिवारका भएकाले आफूले उपचारको लागि पहल थालेको बताउँछन् । ‘उनीहरूको समस्या पहिलेदेखिकै हो तर पैसा नभएर उपचारका लागि आउन सकेनन्,’ बजगाईले भने, ‘अहिले सुभाषको उपचारको लागि पहल सुरु गरेको छु ।’ तर खर्च अभावमा समस्या भइरहेको उनले बताए ।

सुरुमा कोशी अस्पताल विराटनगरमा सुभाषको स्वास्थ्य जाँच गरिएको थियो । त्यतिबेला डाक्टरहरूले न्यूरोसम्बन्धी गम्भीर समस्या रहेको भन्दै काठमाडौंमा गएर उपचार गर्न सल्लाह दिएका थिए । सोही सल्लाहअनुसार अहिले सुभाषलाई काठमाडौं लगिएको छ ।

काठमाडौंको सुस्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्ने तयारी भएको बजगाईले बताए । ‘हामीले सहयोग संकलन अभियान सुरु गरेपछि करिब दुई लाख रुपैयाँ जुटेको छ,’ बजगाईले भने, ‘उपचारपछि पनि सामान्य अवस्थामा र्फकन धेरै खर्च लाग्ने भनेर डाक्टरहरूले भनेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah