अभिनेत्री प्रियंका चोपडा श्रीमान निक जोनससँगको सम्बन्धका कारण चर्चामा छिन्। प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा ‘बायो’ परिवर्तन गरेसँगै उनीहरुबिचको सम्बन्धलाई लिएर चर्चा चल्न थालेको हो।

प्रियंकाले सन् २०१८ मा आफूभन्दा कान्छा अमेरिकन पप स्टार निक जोनससँग विवाह गरेकी थिइन्। बलिउडका साथै हलिउडमा समेत उनीहरु चर्चित जोडीको रुपमा चिनिन्छन्। बिहेपछि प्रियंकाले इन्सटाग्राममा श्रीमान निकको ‘सरनेम’ जोडेर ‘प्रियंका चोपडा जोनस’ राखेकी थिइन्। तर सोमवार मात्रै उनले इन्स्टाग्राममा अकाउण्टबाट श्रीमानको थर हटाएर आफ्नो थर मात्रै राखेकी छिन्।

श्रीमानको ‘सरनेम’ हटाएसँगै बलिउड तथा हलिउडमा उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको चर्चा चलेको हो। सोसल मिडियामा पनि दुवैको सम्बन्धलाई लिएर विभिन्न खाले टिकाटिप्पणी हुन थालेको छ। धेरैले दुवै जना अलग हुन लागेको अनुमान लगाइरहेका छन्।

यसैबिच प्रियंकाकी आमा मधु चोपडाले प्रियंका र निकको सम्बन्ध विच्छेद हुन लागेको खबर झुटो भएको बताएकी छिन्। सामाजिक सञ्जालमा फैलिरहेको खबर अपवाह भएको उनको तर्क छ। प्रियंका र निकबिचको सम्बन्धलाई लिएर अपवाह खबर नफैलाउन समेत उनले अनुरोध गरेकी छिन्।

तर प्रियंका चोपडा र निक जोनसले भने आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरुको सम्बन्धविच्छेद हुन लागेको हल्ला चलेको पहिलोपटक भने होइन। यसअघि पनि उनीहरुको सम्बन्धविच्छेद हुने खबर बाहिरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah