पाकिस्तानले अफगानिस्तानलाई २८ मिलियन डलरभन्दा बढीको मानवीय सहायता दिने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा पछिल्लो पटक देखिएको आर्थिक संकट टार्न सो सहयोग गर्ने घोषणा गरेका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतबाट पाकिस्तान हुँदै अफगानिस्तानमा खाद्यान्य ढुवानी गर्ने अनुमति समेत दिएका छन् । प्रधानमन्त्री खानले अफगानिस्तानमा खाद्यान्य, चिकित्सालगायतका अन्य मानवीय सहयोगका लागि सो रकम दिएको बीबीसीमा समाचार छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाकिस्तानी प्रधानमन्त्री खानले सोमबार सेना प्रमुख, विदेशमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहाकारको बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए ।