झापा, २०७८ मंसिर ८ गते ।  झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अबस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तिन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।