काठमाडौँ — सरकारले मंगलबार र बुधबार काठमाडौंमा कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाउँदैछ ।

काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइउने काम भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उमेर खुल्ने परिचय पत्र लिइ आफ्नो खोप केन्द्रमा पुगेर खोप लगाउन सकिनेछ ।

म‌ंगलबारसम्म नेपालमा ३०. ३ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने दोस्रो मात्राको खोप २६‍. ३ प्रतिशतले जनाले लगाएका छन् ।