काठमाडौं -  नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१३८ नम्बरको बस आज बिहान करिब ६ बजे अनियन्त्रित भई नालामा पल्टिएको जनाइएको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाइएको प्रहरीले जनाएको छ।