महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। यस वर्ष ‘घरैबाट शुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ। यो अभियानका लागि अन्तर्राष्ट्रिय रुपमा भने ‘ओरेन्ज द वल्ड’ नारा दिइएको छ।

संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। यसैक्रममा बिहीबार बिहान माइतीघर मण्डलमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय