मुख्य

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा बिहिबार पनि विरोध प्रदर्शन


  #काठमाडौं   सवाल नेपाल   २०७८ मंसिर ९, १६:२८

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा बिहिबार पनि विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै संघर्षरत नेपाल बार एशोसिएसनले बिहिबार पनि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा बोल्दै नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाएरै छाड्ने बताउनुभयो ।

उहाँले नेपाल बारले आन्दोलनलाई सफल नपारी बीचमा अन्य सम्झौता गरे नेपाल बारकाविरुद्धमा विराटनगरबाट आन्दोलन सुरु गर्ने बताउनुभयो । उहाँले नेपाल बारको आन्दोलन नेपालको इतिहासमा भ्रष्टाचारविरुद्ध उच्च तहमा उठेको आन्दोलन भएकाले

बारको प्रदर्शनमा सबै एकजुट भएर लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारमुक्त न्याय पालिका बनाउनको लागि नेपाल बारले करिब एक महिनादेखि आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीश जबराले सर्वोच्च न्यायालयमा बस्ने नैतिकता गुमाईसकेकाले राजिनामा एक मात्रै विकल्प भएको बारको अडान रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार