झापा । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै साढे ६ हजारको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या ५२ लाख ५ हजार ८०० पुगेको हो।

पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो अवधिमा विश्वभर साढे ५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। युरोपेली देशहरुमा मात्रै चार लाखभन्दा बढी संक्रमित थपिएका छन्। जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा २६ हजार ७०० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, अमेरिकामा ३० हजार ९००भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल विश्वभर करिब दुई करोड सक्रिय संक्रमित रहेको तथ्यांक छ।