कोरोना भाइरसको नयाँ भेरियन्टको त्रासका कारण इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ। उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ।

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ। विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय सोमबार मध्यरातीबाट लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इजरायलका प्रधानमन्त्री नाफताली बेनेटले विज्ञप्ति निकाल्दै कोरोनाको नयाँ भेरियन्टबाट बच्न यस्तो व्यवस्था गरिएको बताएका हुन्।