काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका आयोजना गर्दै थापाले १५, १६ र १७ मंसिरमा हुने महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

 

उम्मेदवारी घोषणा गर्दै थापाले आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा अघि बढाइएको भन्दै पार्टी भित्र देखिएका फरक विचारलाईसमेत आफूले सम्मान गर्ने र राप्रपालाई एक ढिक्का बनाउने अभियानबाट अलग नहुने बताए ।

राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा नै नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले केही दिनअघि जमलमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेका थिए ।

 

राप्रपामा हालका अध्यक्ष पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार हुन् । तर उनीहरुले उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

राप्रपाले केन्द्रीय महाधिवेशनका लागि देश तथा प्रवासबाट गरी ४५ सयको संख्यामा महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रियामा रहेको बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah