नेपाली कांग्रेसका संस्थापक नेता रामहरी जोशीको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ९३ वर्षका जोशी नेपाली कांग्रेसका संस्थापकमध्येका हुन् ।

अल्का अस्पतालमा उपचार गराइरहेका जोशीलाई केहीदिन अघि ग्रान्डी अस्पतालमा लगिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गान्धीवादी नेताका रुपमा परिचित जोशी सर्लाहीबाट २ पटक सांसद बनेका थिए । उनी शिक्षा र पर्यटनमन्त्री पनि बनेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटमार्फत समवेदना प्रकट गरेका छन् ।