विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभिन्न देशमा विदेश पर्यटक प्रवेशमा रोक लगाइएको छ। अमेरिका र युराेपमा अफ्रिकी देशका नागरिक प्रवेशमा रोक लगाइएको छ भने अन्य देशले पनि यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।

डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए। उक्त भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशमामा खोप पठाउन फेरि आग्रह गरेका छन्। उनले नयाँ भेरियन्टबारे अध्ययन जारी रहेको पनि बताए। उनले भने, ‘विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छ वा छैन र पुनः संक्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेका छन्।’ डब्ल्यूएचओका अनुसार नयाँ भेरियन्टका कारण कसैको ज्यान गएको तथ्या बाहिर आएको छैन।

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ। इजरायलले विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ।

बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्स्‌लगायत थुप्रै देशमा यो नयाँ भेरियन्ट देखिइसकेको छ। अमेरिका, बेलायत र युरोपेली संघले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेका छन्। जापानले नयाँ विदेशी पर्यटकलाई मंगलबार रातिदेखि सीमा बन्द गरिने घोषणा गरेको छ। अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ। इजरायलले विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ।

बेलायतमा ओमिक्रोनको नयाँ लहर रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ। यस्तै अमेरिकी राष्ट्रपतिले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भनेका छन्। उनले घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन्।