माइक्रो ब्लगिङ साइट ट्विटरको सीईओमा भारतीय मूलका पराग अग्रवाल नियुक्त भएका छन्।

कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले राजीनामा दिएपछि अग्रवाल सीईओ बनेका हुन्।

डोर्सीले सोमबार आफ्नो टिमलाई इमेल पठाउँदै राजीनामा घोषणा गरेका थिए। सोमबार नै अग्रवालले ट्विटर सीईओको जिम्मेवारी सम्हालेका छन्।

अग्रवाल ट्विटरमा १० वर्षदेखि कार्यरत छन्। उनी सन् २०१७ देखि प्रमुख प्रविधि अधिकृतका रूपमा कार्यरत थिए। भारतको चर्चित आईआईटी बम्बईका विद्यार्थी अग्रवालले ट्विट गर्दै आफ्नो नयाँ भूमिकाबारे उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

आफ्ना सहकर्मीलाई पठाएको इमेल डोर्सीले ट्विटसमेत गरेका छन्। ‘यो कुरा कसैले सुनेको छ-छैन यकिन भएन, मैले ट्विटरबाट राजीनामा दिएँ,’ उनले लेखेका छन्।

सन् २००६ मा ट्विटरको स्थापना गरेका डोर्सी सन् २००७ मा सीईओ नियुक्त भएका थिए। पछिल्लो वर्ष २००८ मा ट्विटरका अन्य दुई सहसंस्थापक इभ विलियम्स र फ्रेड वील्सनले उनलाई सीईओको भूमिका न्याय गर्न नसक्ने भन्दै सीईओ पदबाट हटाएका थिए। तर, सन् २०१५ मा उनी पुनः उनी ट्विटरको सीईओको रुपमा फर्किएका थिए।

१६ वर्षपछि आफूले ट्विटर छाड्ने समय आएको उनले आफ्नो इमेलमा उल्लेख गरेका छन्। सीईओ पद छाडे पनि डोर्सी आगामी वर्षसम्म ट्विटरको बोर्ड सदस्यको रुपमा भने सक्रिय हुने छन्। डोर्सीले पेमेन्ट प्रोसेसिङ कम्पनी क्वायरको पनि नेतृत्व सम्हालिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah