राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम–नेपाल एयरलाइन्सले  २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ।

कोरोना भाइरस माहामारीका कारण बन्द रहेको दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउन लागेको निगमले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सेतोपाटीलाई जानाकारी दिए।

‘कोरोनाले थप असर पुर्याएन भने आगामी १४ डिसेम्बरबाट उडान सुरु हुन्छ। त्यहीअनुसार निगमले तयारी गरेहको छ’ उनले भने।

यससँगै अब भारतका नयाँदिल्ली, मुम्बई र बैङ्लोरमा नियमित उडान हुनेछन्।

दुबईमा उडान थपिदैँ

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा ७ वटा उडान थप्ने भएको छ।

कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले अब दैनिक दुई उडान भर्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ ।

सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिए ।

निगमका अध्यक्ष अधिकारीकाअनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ। त्यस्तै बैङ्लोरमा डिसेम्बर १८ तारिखदेखि हरेक सनिबार र मंगलबार उडान हुनेछ।