युरोपेली संघ ईयुले चीनलाई चुनौती दिन अर्बौ युरो लगानी गर्ने योजना बनाएको छ। चीनको ‘बेल्ट एण्ड रोड पहल’ बिआरआईसँग प्रतिस्पर्धा ईयुले विभिन्न परियोजनामा अर्बौको लगानी गर्ने योजना बनाएको हो।

चीनको बेल्ट एण्ड रोड पहलको प्रतिद्धन्द्धीको रुपमा ईयुले चाडै नै अर्बौको वैश्विक लगानी योजना सार्वजनिक गर्न लागेको बीबीसीले उल्लेख गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला वोन डेर लेयेनले ‘ग्लोबल गेटवे इनिसियटिभ’ नामक करिब १४ पेज लामो योजना प्रतिवेदन बुधबार (स्थानीय समयअनुसार) सार्बजनिक गर्न लागेको बताइएको छ।

डिजिटल, यातायात, जलवायु र उर्जा योजना विकास गर्न ईयुले ‘मुर्त’डिजाइन बनाउन लागेको जानकारहरुले बताएका छन्। उनीहरुकाअनुसार अफ्रिका र एसियाका विभिन्न भेगहरुमा चीनको सो परियोजनाको बढ्दो प्रभावलाई चुनौती दिन ईयुले आफ्नो पाटोबाट अर्बौ युरो लगानी गर्नेछ।

सो लगानीको पहलबाट ईयुले अर्बौ युरो लाभ उठाउने र आफ्ना सदस्य मुलुक, वित्तिय संस्था र निजी क्षेत्रले गरेको लगानी डुब्नबाट बचाउनेबारे ढाचा बनाउने बताइएको छ। यसअघि गत मार्चमा बेलायती प्रधानमन्त्री बोरिस जान्सनसँग फोनमार्फत बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चीनको बेल्ट एण्ड रोड पहलसँग प्रतिस्पर्धा गर्न प्रजातान्त्रिक देशहरुसँग पुर्वाधार विकास योजना हुनुपर्ने बताएका थिए।

आयोगका अध्यक्ष लेयेनले गत सेप्टेम्बरमा संघको एक कार्यक्रममा बोल्दै भनेका थिए, ‘संसारभर गुणस्तरिय पुर्वाधार विकास गर्न, मानिसलाई गुणस्तरिय सेवा उपलब्ध गराउन हामी लगानी गर्न चाहन्छौ।’ ईयुको ग्लोबल गेटवे चीनको बीआरआई रणनितिका लागि आफैमा ठुलो प्रतिस्पर्धाको रुपमा खडा हुने बताइएको छ।

सडक, बन्दरगाह, रेलमार्ग र पुल आदीहरुमा पैसा खन्याएर व्यापारिक सम्बन्धको विस्तार गर्ने बीआरआई पहल चिनियाँ विदेश नीतिको केन्द्रविन्दुको रुपमा रहेको छ। चीनको सो पहल, अफ्रिका, युरोपेली संघका छिमेकी मुलुक, मध्य एसिया, दक्षिण र दक्षिणपुर्वी एसियामा पुगिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah