अर्जुनधारा नगरपालिकाको शनिश्चरे र खुदुनाबारी जोड्ने टाङ्टिङ खोलाको पुल लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा स्थानीयले सास्ती भोग्नुपरेको छ ।

बिर्तामोडबाट खुदुनाबारी हुँदै इलामको दानाबारी, लारुम्बासम्म जाने टाङ्टिङ खोलाको पुल हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य भएका हुन् ।

बर्खाको समयमा खोलामा बाढी आउँदा आहोरदोहोर गर्न समस्या भएको छ । तत्कालीन खुदुनाबारी गाविस र स्थानीयको पहलमा गत वर्ष मान्छे, मोटरसाइकल, साइकललगायत हलुका सवारी आवतजावत गर्नका लागि बनाइएको बाँसको पुल समेत गत वर्षको बाढीले बगाएको थियो । पटक– पटक आउने बाढीले खोला तर्न बनाइएको बाँसको पुलसमेत बगाएपछि स्थानीय समस्यामा परेका छन् ।

आर्थिक वर्ष २०६५÷०६६ को योजना अनुसार उक्त खोलामा दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माण शुरु गरिएको भए पनि हालसम्म निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले वर्षेनि सास्ती भोग्नुपरेको बताउँछन् स्थानीयवासी ।

पुल निर्माण शुरु भएको आठ वर्ष बित्न लाग्दासमेत पूर्णता नपाउँदा स्थानीय अक्रोशित बनेका छन् । उक्त पुल निर्माणको जिम्मा सरोज निर्माण सेवाले लिएको छ ।

दैनिकी चलाउन समेत सो खोला तरेर शनिश्चरे तथा बिर्तामोड आउनुपर्ने बाध्यता रहेको अर्जुनधारा– २ खुदुनाबारीका ओमनाथ रिजालले बताए ।

‘सानो काम पर्दासमेत बिर्तामोड आउनुपर्छ, हामीलाई पुल नबन्दा धेरै जोखिम छ’– उनले भने– ‘ज्यान जोखिममा राखेर खोला तर्नुपर्छ ।’

बाढी नआएका बेलामा खाद्यान्न ल्याएर दैनिकी चलाइए पनि बिरामी पर्दा भने धेरै समस्या हुने उनले बताए ।
इलामको दानाबारीका स्थानीयहरू पनि माई खोलामा पुल नहुँदा झापा झरेरै सदरमुकामसम्म जाने गरेका छन् । उनीहरू झापा आउँदासमेत यही खोला तरेर आउनुपर्ने बाध्यता छ ।

झापाको बिर्तामोडदेखि इलामको दानाबारीसम्म ट्याक्सी चलाउने चालक सञ्जोग तामाङले आफूहरूले वर्षौंदेखि ज्यान जोखिममा राखेर खोलाको बाटो गाडी चलाउनुपरेको बताए ।

ठेकेदार कम्पनी सरोज निर्माण सेवाले भने पहिलाको पुलको डिजाइन गलत भएकाले पुल अहिलेसम्म निर्माण नभएको दाबी गरेको छ ।

निर्माण सेवाका प्रतिनिधि प्रमानन्द भट्टराईले पहिला कल्भर्टको डिजाइन गरेको र पछि पुल बनाउने भनेपछि बजेट अभावमा बीचैमा काम अलपत्र परेको बताए । उनले अर्को पटक करिब सात महिनाअघि ठेक्का सम्झौता भएकाले आउँदो बर्खासम्ममा पुल निर्माण सम्पन्न हुने बताए ।आमसञ्चारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah