भारतीयहरू संसारकै सबैभन्दा अल्छीमध्ये भएको स्टान्डफोर्डको एउटा अध्ययनबाट देखिएको छ ।

प्रत्येक दिन मानिसहरू कति पाइला हिँड्दा ४६ मुलुकमध्ये भारत ३९ मा परेको छ । अध्ययनअनुसार भारतीयहरू दिनहुँ सरदर ४ हजार २९७ पाइलामात्र हिँड्ने गरेका छन् । तिनमा पनि महिला अझ कम हिँड्छन् ।

यसैगरी ७ लाख मानिसहरूमा गरिएको अध्ययनमा चिनियाँहरू सबैभन्दा कम अल्छी देखिएका छन् । चिनियाहरूमा पनि सरदर ६ हजार ८८० पाइला हिँड्ने हङकङका चिनियाँहरू सबैभन्दा जाँगरिला ठहरिने छन् ।

संसारकै सबैभन्दा अल्छी भने दिनको ३ हजार ५१३ पाइलामात्र हिँड्ने इन्डोनेसियाली रहेछन् । अध्ययनअनुसार संसारको सरदर ४ हजार ९६१ पाइला छ भने अमेरिकीहरू ४ हजार ७७४ पाइला हिँड्छन् ।

सबैभन्दा कम हिँड्नेहरूमा मलेसियाली, साउदी अरेबियाली र इन्डोनेिसयाली छन् । उनीहरू दिनहुँ सरदर ३ हजार ९०० पाइलाभन्दा कम हिँड्छन् । यसैगरी बढी हिँड्नेमा हङकङ, चीन, युक्रेन र जापानका बासिन्दा रहेको अध्ययनमा देखिएको छ ।

कम हिँड्ने मानिसहरू बढी मोटाउने मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah