काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ ।

अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ ।

यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागू गरिएको बीबीसीले जनाएको छ । साथै राष्ट्रपति बाइडेनले स्वास्थ्यका मापदण्ड र खोपसम्बन्धी यसअघिका नियम पालना गर्न आग्रह गर्नुभएको छ ।

न्युयोर्कमा पाँच तथा मिनेसोटा, कोलोराडो र क्यालिफोर्नियामा अहिलेसम्म एक/एक जनामा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्यका अधिकारीले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षण देखिएको बताएका छन् । यस्तै दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट फेला परेपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

सङ्क्रमण पुष्टि भएका ६६ र ४६ वर्षका ती दुई पुरुषलाई निगरानीमा राखिएको छ । बुधवारदेखि नै लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बङ्ग्लादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्न थालेको छ । ती देशबाट भारत आउने यात्रुको परीक्षण गर्ने र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइने छैन ।

कोभिड पुष्टि नहुनेले सात दिन घरमा क्वरेण्टीन बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ । विश्व स्वास्थ्य सङ्गठनले अघिल्लो हप्ता नयाँ भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah