म्यानमार सेनाले दर्जनौं गाउँमा हवाई आक्रमण गर्दा हजारौं मानिस गाउँ छोड्न बाध्य भएका छन्। सेनाले म्यानमारका करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा त्यहाँका हजारौं बासिन्दा गाउँ छोड्न बाध्य भएका हुन्।

स्थानीय मिडियाका अनुसार सेनाले सागेइन र डिपाइन क्षेत्रका गाउँमा हेलिकोप्टरमार्फत् निरन्तर हवाइ फायर गरिरहेको छ। जसका कारण त्यहाँका मानिसहरु आफ्नो घर र गाउँ छोड्न बाध्य भएका छन्। गाउँ छोडेका मानिस नजिकैको जंगलमा गएर बसिरहेको समेत स्थानिय मिडियामा उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालः सेनाले हवाइ आक्रमण गरिरहेको सो गाउँमा सन् २००३ मा सेनाले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका ७० समर्थकहरुको हत्या गरेको थियो। सेनाले फेब्रुअरी १ मा शैन्य कू लागू गरेपछि म्यानमारमा लोकतन्त्र समर्थकहरुले सेनाविरुद्ध विभिन्न प्रदर्शन गरिरहेका छन्।