उपाय सिटी कार्गोले दि बेस्ट स्टार्टअप अफ दि इअर अवार्ड, २०२१ प्राप्त गरेको छ।

करीब १ हजार ७०० स्टार्टअप कम्पनीमध्ये उपाय सिटीले न्यू बिजनेश एजले प्रदान गर्ने अवार्ड जितेको हो। अवार्डसँगै उपायले नगद रु।१ लाख पाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपाय सिटी सन् २०१९ मा शुरू भएको हो। सामग्री डेलिभरीमा नयाँ प्रयोग सहित खुलेको कम्पनीले दुई वर्षको अवधिमै लाखौं ग्राहकको मन जितिसकेको छ। उपाय सिटीले दुई र चार पाङ्ग्रे सवारी मार्फत सामानको डेलिभरी गर्दै आएको छ।

उपाय सिटीले आफ्नो व्यवसाय फ्रेन्चाइज मोडलमा देशभर व्यापार शुरू गर्ने जनाएको छ। पहिलो चरणमा पोखरा, बुटवल, भैरहवा लगायत शहरमा फ्रेन्चाइज दिने तयारी गरेको उपाय सिटीले जनाएको छ।