पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कलंकको टीका लगाइसकेको आरोप लगाएका छन्। नेपाल बार एसोसिएसनको प्राङ‍गणमा शुक्रबार आयोजित न्यायपालिकाको सुधार,सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता कार्कीले यस्तो बताएका हुन्।

उनले भने,' जबराको वेइमानीलाई इतिहासले पनि माफी दिँदैन, उहाँले जसरी भएपनि बहिरगमनको बाटो रोज्नुपर्छ।' कार्यक्रममा बोल्दै कानुन व्यवसायीहरुले जबरालाई बहिरगमनको विकल्प नभएको धारणा राखेका छन्। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले महाअभियोग लगाउने विभिन्न आधारहरु भएपनि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिँदा राम्रो हु्न्थ्यो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने,' महाअभियोग लगाउने धेरै आधार छन्। समय छ। जबराले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ। निकास दिनैपर्छ।' प्रधानन्यायाधी जबराले मन्त्रिपरिद्मा भागबण्डा खोजेको, न्यायिक क्षेत्रमा भ्रष्टाचार बढाएको भन्दै करिब १ महिनादेखि कानुन व्यवसायीहरु आन्दोलित छन्। उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट सर्वोच्चका न्यायाधीशहरु गोला प्रक्रियाबाट मुद्दाको पेशी तोकिने भएपछि नियमित काममा फर्केका छन्।