झापा : झापाको गौरादह ७ स्थित ग्वाल्डुब्बा बजार क्षेत्र तनाव ग्रस्त बनेको छ। आफ्नै घरमा बसिरहेको समयमा स्थानिय २८ वर्षीय महिला सीता शाहलाई बिहिवार साँझ अचानक एक भ्यानले ठक्कर दिएको र गाडीको ठक्करबाट गंभीर घाइते भएकी साहको उपचारको क्रममा दमक लाईफलाईन अस्पताल पुर्याउने वित्तिकै मृत्यू भएको थियो।

उक्त घटनालाई लिएर न्याय माग्दै स्थानिय प्रदर्शन गर्न थालेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्वाल्डुब्बामा स्थिती तनाव ग्रस्त बनेको बताईएको छ।

प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गर्दै नारा जुलुस गरिरहेका छन्। अहिले ग्वाल्डुब्बा बजार पूर्ण रुपमा ठप्प भएको छ।

स्थितिलाई नियन्त्रणमा लिन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।