हुम्लामा दुई दिनपछि हवाई सेवा पुनः सुरु भएको छ। बिहीबार बिहानबाट लगातार वर्षा भइरहेको कारण हवाई सेवा अवरुद्ध भएको थियो। शनिबार मौसममा सुधार आएपछि हवाई सेवा सुचारु भएको हो।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले शनिबार मौसममा सुधार आएपछि हवाई उडान सुरु भएको बताए। केही दिनअघि मौसममा सुधार नआएको कारण हवाई यातायात अवरुद्ध भएको उनको भनाइ थियो।

उनका अनुसार हुम्लामा मौसम बिग्रिँदा नेपालगञ्ज विमानस्थलमा उडान भर्न तयारी अवस्थामा रहेका जहाजहरुले सिमकोटका लागि दुई दिन लगातार उडान भर्न पाएनन्। शनिबार बिहानैबाट भने उडान सुचारु भएको छ। शनिबार बिहानै नेपाल एयरलाइन्स, तारा, समिट र सीता एयरका जहाजले उडान भरेका छन्।

यससँगै नेपालगञ्जबाट यात्रु हुम्ला आएका छन्। कार्गोको सामान ढुवानीसमेत भएको छ। हवाई सेवा रोकिँदा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको खाद्यान्न ढुवानीसमेत रोकिएको थियो। शनिबार उडान नियमित भएसँगै खाद्यान्नको ढुवानी पनि सुरु भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah