गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना डिआईजीलाई एआईजीमा बढुवा सिफारीस गरेको छ । सरकारले गरेको एआईजी बढुवा सिफारीसमा डिआईजी बमबहादुर भण्डारी एक नम्वरमा बढुवा भएका छन् भने प्रहरी महानिरीक्षक नियुक्त भएका जयबहादुर चन्द भने दुई नम्वरमा बढुवा सिफारीस भएका छन् ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दा रहेको भन्दै डिआईजी नवराज सिलवाललाई भने बढुवामा छुटाइएको छ । उनको कार्यसम्पादन मुल्याङकनको फाइल सर्वोच्च अदालतले दिन नम्लिने भनेपछि उनि बढुवावाट वंचित भएका हुन ।

एआईजी बढुवा हुनेमा तिन नम्वरमा देवेन्द्र सुवेदी त्यसपछि क्रमस पशुपति उपाध्याय, केशरीराज घिमिरे,माधवप्रसाद जोशी,बिजयलाल कायस्थ,कमलसिंह बम,मिङमार लामा,रणबहादुर चन्द र अन्तिममा बिजय कुमार भट्ट रहेका छन् ।

बढुवामा सात नम्वरमा रहेका डिआईजी मधु पुडासैनी,१२ नम्वरमा रहेका पंकज श्रेष्ठ, १३ नम्वरमा रहेका माधव नेपाल एआईजी बढुवामा छुटेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी नेता लेखराज भट्टको सिफारीसमा १८ नम्वरमा रहेका डिआईजी विजय भट्ट भने एआईजी बढुवामा परेका छन् । माओवादी नेता वर्षमान पुनको सिफारीसमा डिआईजी लामा बढुवा भएको स्रोतले दावी गर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah