इन्डोनेसियाको जाभा आइल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ।

शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको नेशनल बोर्ड अफ डिजास्टर म्यानेजमेन्ट ९बिएनपिबी० ले आइतबार जारी गरेको वक्तव्यमा ९८ जना घाइते भएको उल्लेख छ। ज्वालामुखीबाट निस्किएको तातो लाभा तथा खरानीले स्थानीय गाउँ ढाकिँदा मानवीय क्षति भएको हो।

ज्वालामुखीबाट नजिक रहेको लुमाजङ जिल्लाको गाउँबाट कम्तीमा ३०० परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीले बताएका छन्। उद्धार तथा राहतको काम जारी रहेको बिएनपिबीले जनाएको छ। तर बेपत्ताहरुको यकिन संख्या भने थाहा नभएको बिएनपिबीको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah