छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि लुगा फिर्ता गरिनन्, जसकारण श्रीमान् उनीसँग रिसाएका थिए । लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएर कुट्ने धम्की दिएकी थिइन् ।
लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन्,’ उनका पतिले भने ।श्रीमतीलाई छिमेकीको लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् ।



