रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणअघि भारत र रुसबीच रक्षा सम्झौता भएको छ। पुटिनको भारत भ्रमणअघि नै दिल्ली पुगेका रुसी रक्षामन्त्री सर्गेई शोइगु र भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशबीच रक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन्। यी सम्झौताहरू मध्ये एकमा एके – २०३, ७.६३*३९ एमएम एसल्ट राइफलहरू सम्बन्धी रहेको जनाएको छ।
यस्तै सम्झौता अनुसार सन् २०२१ देखि २०३१ सम्म इन्डो एसिया राइफल्स प्राइभेट लिमिटेडबाट ६ लाख १ हजार ४ सय २७ एके –२०३ राइफल खरिद गरिने जनाइएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस. जयशंकर र रुसी रक्षामन्त्री जनरल सर्गेई शोइगु, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पहिलो पटक २+२ मन्त्रालय स्तरको वार्ता गरेका हुन् ।
सम्झौतामा हस्ताक्षरपछि रक्षामन्त्री राजनाथ सिंहले भने, ‘हालैका समयमा भारत र रुसबीच रक्षा क्षेत्रमा अभूतपूर्व प्रगति भएको छ । हामी आशा गर्छौं कि रूसले यी चुनौतीपूर्ण परिस्थितिहरूमा भारतको विशेष साझेदारको रूपमा रहनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah