काठमाण्डाै - पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ ।

इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको समाचार संस्था (एएनआई)ले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन ।