अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। व्हाइट हाउसले चीनमा मानवअधिकारको खराब रेकर्डको कारण देखाउँदै कुनै पनि अफिसियल डेलिगेसन नपठाउने निर्णय गरेको हो।

यद्यपि अमेरिकी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् जसमा सरकारको पूर्ण समर्थन रहनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना ओलम्पिकको कुटनीतिक बहिस्कार हुनसक्ने बताएका थिए। जसमा चीनले दृढ जवाफी कदम उठाउने बताएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

व्हाइटहाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकाले ओलम्पिकमा कुटनीतिक बहिस्कार गर्ने निर्णयको पुष्टी गरेकी हुन्।अमेरिकाको राजनीतिक या आधिकारिक प्रतिनिधित्व शिन्जियाङको मानवअधिकारको हननको अगाडि यी खेलहरुलाई सँधैको जस्तो ब्यापारको रुपमा लिनेछ। उनले भनेकी छिन्।

यसअघि अमेरिकाले सन् १९८० को मस्को ओलम्पिकमा सोभियत युनियनमा अफगानिस्तानमाथिको ब्यवाहारलाई देखाउँदै बहिस्कार गरेको थियो। त्यतिबेला खेलाडीहरुलाई पनि फिर्ता बोलाएको थियो। उनका अनुसार यसपटक प्रतियोगिताको लागि तयारी गरेका खेलाडीलाई रोक्नु सही कदम हुने नभए पनि अफिसियल डेलिगेसन नपठाउनुले स्पस्ट सन्देश दिनेछ।

अर्कोतर्फ अमेरिकाले सन् २०२८ मा लस एन्जेल्समा ओलम्पिक आयोजना गर्दैछ।