लन्डन, फेसबुकमाथि रोहिङ्ग्या अल्पसंख्यकहरूले १५० अर्ब डलर क्षतिपूर्ति माग गर्दै रिट दायर गरेका छन्। बीबीसी समाचारका अनुसार रोहिङ्ग्या अल्पसंख्यकविरुद्ध घृणा जगाउने सामग्री प्रचारलाई फेसबुकले बढावा दिएको भन्दै अमेरिका र बेलायतमा रहेका रोहिङ्ग्या शरणार्थीले रिट दायर गरेका हुन्।

उनीहरूले म्यानमारमा रोहिङ्ग्याविरुद्ध घृणा जगाउने सामग्री प्रचारमा फेसबुकले बन्देज नगरेको आरोप लगाएका छन्। लामो समयदेखि फेसबुकले आफ्नो समुदायविरुद्ध बनाइएका भ्रामक सामग्री प्रचारमा रोक नलगाएको रोहिङ्ग्या प्रतिनिधिले बताएका छन्। यद्यपि फेसबुकले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

सन् २०१७ मा म्यानमारमा हिंसा भड्किँदा करिब १० हजार रोहिङ्ग्या मारिएका थिए। हिंसा भड्किएपछि लाखौँ रोहिङ्ग्या बंगलादेशसहित विभिन्न छिमेकी मुलुकमा शरणार्थी भएर पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah