राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै हुनुहुन्छ ।
हिजोबाट सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन आज गर्न लागिएको हो । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २३ गतेसम्म हायत होटेलमा चल्नेछ।भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो ।



