भोजपुरकी ११ वर्षीया बालिका गर्भवती भएपछि उनी गाउँनिकालामा परेकी छन् । छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्बन्ध राखेपछि बालिका गर्भवती भएकी थिइन् ।
बालिकाकी बुवा नेवार र आमा दलित भएकोले केटा पक्षले दलितको छोरी नभित्राउने भनेर धम्की दिई गाउँ निकाला गरिएको बताइएको छ । गाउँनिकाला भएपछि धरानतर्फ लागेकी बालिकाको बिचल्ली भएको छ ।
बालिकाको पेटमा यतिबेला ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले ६ महिनाकी गर्भवती छोरीलाई डरधम्की देखाएर गाउँनिकाला गरेको बताए ।
बालिका अहिले धरानमा बेवारिसे अवस्थामा रहेको र सँगै गएको केटाको अत्तोपत्तो नभएको बाबु खगेन्द्रको दावी छ । “छोरीले कहिले कहाँ कहिले कहाँबाट फोन गर्छे, भोकभोकै छे”, खगेन्द्रले भने । स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ ।
बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परीक्षणमा लगेपछि गर्भवती भएको खुलेको बताइन् । घलेले महिलाहरु समेतको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएको बताइन् । भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएको उनको भनाइ छ ।पहिलो पेजबाट



