दाङ – दाङमा जुवा खेलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका ( १३ डुम्मर गाउँका निमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार सातसय ५५ रुपैया सहित ६ जुवाडेलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँ निवासी ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ निवासी ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षीय ललित बुढा रहेका छन् ।



