अमिताभ बच्चन
बलिउडका बिग बी अमिताभ बच्चनका फ्यानहरु करोडौ छन्।बिग बि नाम गिनिज बुकमा समेत लेखिएको धेरै लाई थाहा नहुन पनि सक्छ।
१९ जना चर्चित गाएक संग’श्री हनुमान चालिसा’ गाउने एक्लो अभिनेताको उपाधि अमिताभ बच्चनले पाएका छन्। कुमार सानु कैलाश खेर सहन शंकर महादेवन सोनु निगम सुख विंदर सिंह,उदित नारायण आदेश श्रीवास्तव अभिजित बाबुल सुप्रिया र हंसराज हंस जस्ता गाएकहरु संग यसलाई अमिताभले गएका थिए।
अभिषेक बच्चन
अमिताभ बच्चन मात्र नभई उनका छोरा अर्थात् अभिनेता अभिषेक बच्चनको नाम पनि गिनिज वल्ड रेकर्डमा रहेको छ। अभिषेकले आफ्नो फिल्म दिल्ली ६ को प्रमोशनको लागि १२ घन्टामा १८०० किलोमिटरको यात्रा तय गरेका थिए र १२ घन्टामै धेरै शहरहरुमा एक फिल्म स्टार द्वारा सबै भन्दा धेरै सार्वजनिक उपस्थितिको रेकर्ड पनि राखेका थिए। यसै क्रममा अभिषेक गाजियाबाद,नोएडा फरिदाबाद,चण्डीगड र मुम्बईका मल्हारुमा गएका थिए।
शाहरुख खान
बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खानले सन् २०१३ मा गिनिज बुकमा नाम दर्ता गराई सकेका छन्। २२० दशमलव ५ करोड कमौदै सबै भन्दा धेरै कमाउने बलिउड अभिनेताका रुपमा गिनिज बुकमा नाम लेखौना उनि सफल भएका छन्।
कट्रिना कैफ
बलिउडकि चर्चित अभिनेत्री कट्रिना कैफले पनि गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भईसकेकी छन्। कत्रिनाले सन् २०१३मा सबै भन्दा धेरै कमाउने बलिउड अभिनेत्री बनेर उक्त कृतिमान बनाएकी थिइन्। उनले ६३ दशमलव ७५ करोड कमाएकी थिइन्।
कपुर परिवार
बलिउडको कपुर परिवारको नाम पनि बुकमा दर्ता रहेको छ। उनीहरुको अधिकांश परिवारका व्यक्तिहरु बलिउड उद्योगमा रहेका छन्। कपुर परिवारले बलिउड यात्रा सन् १९२१ बात सुरु गरेका हुन्। जुन पृथ्वीराज कपुरबाट सुरु भएको थियो।



