काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ। भृकुटीमण्डपमा शुक्रबार हुने उद्घाटनसत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ।

एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन्। महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।  बिहीबार रातिसम्म सबै उपत्यका आइसक्ने एआईजी पालले बताए। पाहुना तथा प्रतिनिधि बसेका होटल, विशिष्ट पाहुनाको मुभमेन्ट हुने स्थानसम्ममा विशेष सुरक्षा योजना लागू गरिएको छ।

तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएका छन्। काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन्। कार्यक्रममा हेडक्वाटरबाट थप १ हजार प्रहरीसमेत खटिने एआईजी पालले बताए। विभिन्न शाखाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्चार्जलगायत सबै सुरक्षा निकायका प्रमुखको पनि निगरानी रहनेछ।

उनले सवै सुरक्षा तयारी भएको जानकारी दिदै सुरक्षाका लागी स्थानीय प्रहरीले गस्ति गर्ने, शंकास्पद स्थानमा निगरानी गर्ने, भित्री सुरक्षाको लागी प्रहरी परिचालन गरिएको बताए। कार्यक्रम स्थलको मेन गेटमा इन्टल गर्ने, डग स्निग्नीङ, सिसिटिभीबाट समेत निगरानी हुनेछ। भृकृटी मण्डप अगाडी रहेको पुलिस क्लबमा कार्यक्रम स्थलको भिडियो ठूलो स्क्रिनीन मनिटरीङ हुनेछ। ड्रोन क्यामराबाट फोटो र भिडियो लिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah