एजेन्सी । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ ।

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।