इस्लामावाद : पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ ।  ओमिक्रोन पाकिस्तानमा देखिएको यो पहिलो घटना हो ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण देखिएको पुष्टी गरेको छ ।  कराँचीका एक व्यक्तिमा ओमिक्रोन भेटिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वको ६३ मुलुकमा फैलिएको छ । बेलायतमा नयाँ भेरियन्टले नराम्ररी असर पारेको छ ।

बेलायतमा सोमबार एक व्यक्तिको ओमिक्रोन संक्रमणका कारण मृत्यु भएको छ ।