सिड्नी — अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।

प्रधानमन्त्री मरिसनका साथै स्वास्थ्यमन्त्री ग्रेग हन्टलगायतले ओमिक्रोन भाइरसका बारेमा थप जानकारी हासिल गर्नका लागि भन्दै डिसेम्बर एक तारिखदेखि खोल्ने भनिएको सीमा डिसेम्बर १५ सम्मका लागि सारेका थिए । उक्त निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए ।

सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएका हुन् । सरकारको यस निर्णयसँगै नेपालमा रहेका विद्यार्थीले खुसी व्यक्त गरेका छन् । बुधबारको टिकट काटेर बसेका झापाका रोहन बस्नेतले करिब १ वर्षदेखि यस दिनको पर्खाइमा रहेका बताए । बुधबारदेखि विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक, दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।

कहाँ र कसरी आउन पाइन्छ ?

अस्ट्रेलियाको केन्द्रीय सरकारले करिब २० महिनादेखि बन्द रहेको आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय गरेको भए पनि सबै राज्यहरुमा सहजै प्रवेश भने पाइन्न । यहाँ रहेका ६ राज्य तथा दुई टेरिटोरीका अलग अलग नियम भएका कारण विद्यार्थीलाई उक्त जानकारी लिन अस्ट्रेलियामा रहेका विद्यार्थीका क्षेत्रमा काम गरिरहेका विज्ञको सुझाव छ । अस्ट्रेलियाले आफ्नो नियमन निकाय थ्योरोपेटिक गुड्स एडमिनिस्ट्रसन (टीजीए) बाट स्वीकृत गरिएका पूर्ण खोप लगाएको हुनुपर्नेछ भने ३ दिनअघि पीसीआर टेस्ट नेगेटिभ आएको हुनुपर्नेछ ।

अस्ट्रेलियाली सरकारको आधिकारिक जानकारी अनुसार तत्कालका लागि न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउने विदेशी नागरिकले जम्मा ३ दिन सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा बस्नुपर्नेछ भने अन्य अधिकांश राज्यले १४ दिनको क्वारेन्टाइन तोकेका छन् । यी तीन राज्य बाहेकका अन्य राज्यले पूर्ण खोप लगाइसकेको भए पनि विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लगाएका छन् ।

यद्यपि १४ दिनको क्वारेन्टाइन बस्न र सरकारले तोकेको शुल्क तिर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका योग्य भिसावाहक नागरिकलाई अन्य राज्यले समेत प्रवेश अनुमति भने दिनेछ । विभिन्न राज्यले १४ दिनका लागि कम्तीमा ३ हजार अस्ट्रेलियन डलर क्वारेन्टाइन शुल्क तोकेका छन् । अस्ट्रेलिया आउने विदेशी नागरिकले क्वारेन्टाइन वा आइसोलेसन बसेको समयमा समेत निश्चित दिनमा कोरोना जाँच गर्नुपर्ने प्रावधान राखिएको छ भने हरेक राज्यले प्रवेश अघि फारम भर्नुपर्ने नियमसमेत राखेका छन् ।

नेपाली कानुन व्यवसायी सञ्जीव पाण्डे सरकारको यो निर्णयले हजारौं नेपाली विद्यार्थीलाई राहत मिलेको सुनाउँछन् । ‘झन्डै २ वर्षदेखि अस्ट्रेलिया आउने पर्खाइमा रहेका विद्यार्थीमात्र नभएर यहाँ आउने बाटो हेरेर बसेका अभिभावकलाई समेत अब यसले बाटो खुल्ला गरिदिएको छ,’ पाण्डे भन्छन्, अर्कातिर विद्यार्थी अस्ट्रेलियाको अर्थतन्त्रको ठूलो हिस्सा भएकाले समेत अपेक्षित निर्णय आएको हो । यद्यपि उनले अस्ट्रेलियाली सरकारको आधिकारिक सूचनालाई आधार मानेर मात्र निर्णय गर्न समेत सुझाव दिएका छन् ।

अस्ट्रेलियाले यो चरणमा विभिन्न २८ वटा भिसामा रहेका विदेशी नागरिकलाई अस्ट्रेलिया प्रवेशमा अनुमति दिँदैछ । कोरोना भाइरसका कारण सीमा बन्द भएपछि यहाँको कृषिका साथै अधिकांश क्षेत्रमा कामदारको चर्काे अभाव देखिएको छ । सरकारको यो निर्णयले अस्ट्रेलियामा देखिएको जनशक्ति अभावलाई केही हदसम्म पूरा गर्ने अपेक्षा गरिएको छ । जनशक्ति अभाव पूरा गर्नका लागि सरकारले विद्यार्थीलाई दुई साताको ४० घण्टामात्र काम गर्न पाउने अधिकार कामदार नपुग भएका क्षेत्रमा तत्काललाई हटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah