हङकङको एक भवनमा आगलागी हुँदा १०० जनाभन्दा बढी फसेका छन् । उनीहरु आगलागी भएको भवनको छतमा फसेको बिबिसीले उल्लेख गरेको छ।

बुधबार हङकङको वर्ल्ड ट्रेड सेन्टरमा आगलागी भएको हो। आगलागी सुरु भएलगत्तै आपतकालीन सेवाका अधिकारीहरुले आगो निभाउन तथा उद्धारको प्रयास थालेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भवनमा रहेका पसल तथा रेस्टुरेन्ट गएकाहरु फसेको साउथ चाइना मर्निङ पोस्ट (एससिएमपी) ले उल्लेख गरेको छ। स्थानीय समयअनुसार दिउँसो साढे १२ बजेतिर आगलागी सुरु भएको हो।